अब म त्यस्तो फेल्म खेल्दिन-सुष्मा I
Posted by Omn-Nepal on Tuesday, June 9, 2015 | 0 comments
काठमान्डू मङ्सिर १,
नेपाली चलचित्रमा कामुक नायिकाको छवि बनाएकी सुष्मा कार्कीले हालै एउटा अनौठो घोषणा गरेकी छिन्। कार्कीले भनेकी छिन्— 'अब म सेक्सी चलचित्रमा अभिनय गर्दिनँ। चुम्बन र बेड सिन भएका चलचित्रमा त कामै गर्दिनँ।'
यतिमात्र होइन, सुष्माले आफू सेक्स सिम्बोलबाहेकका भूमिकामा समेत राम्रो काम गर्न सक्ने दाबी पनि गरेकी छिन्। उनकै शब्दमा 'म सेक्सीबाहेक अरू भूमिकामा पनि फिट छु भन्ने कुरा प्रमाणित गर्न चाहन्छु।' सुष्माको कुरा पत्याउने हो भने पछिल्लो समय उनले केही चलचित्रका प्रस्ताव अस्वीकारसमेत गरेकी छिन्।
कारण, ती चलचित्रमा गर्नुपर्ने कामुक भूमिका ! त्यसो त सुष्माले अहिले दर्शकहरूले समेत आफूलाई कामुक भूमिकामा हेर्न नचाहेको दाबी पनि गरिन्। चलचित्र लूटको आइटम गीतदेखि चलचित्र बिन्दाससम्म आइपुग्दा सुष्मालाई दर्शकले कामुक भूमिकामै देखिरहेका छन्। यतिबेला आएर आगामी दिनमा कामुक भूमिका भएका चलचित्रमा अभिनय नगर्ने सुष्माको घोषणालाई उनकै समकालीनहरूले समेत पत्याएका छैनन्। साप्ताहिकबाट:
0 comments for " अब म त्यस्तो फेल्म खेल्दिन-सुष्मा I"
Leave a reply