उडिरहेको जहाजभित्रै फुटबल खेलाडी कुटिए

Posted by Omn-Nepal on Sunday, April 12, 2015 | 0 comments





फोटो :एजेन्सी
एजेन्सी : एक फुटबल खेलाडी उडिरहेको जहाजभित्रै कुटिएका छन् । शुक्रबार एटलान्का लागि उडेको एयर क्यानाडाको जहाजभित्रै एक पागल यात्रुले ती फुटबल खेलाडीलार्इ कुटपिट गरेपछि जहाजका यात्रुमाथि आपत आइलागेको थियो ।

क्यानाडाको ओटावाबाट एटलान्टाका लागि उडेको जहाजभित्रै २२ वर्षीय फुटबलर ओलिभर मिनाटेलमाथि ती यात्रुले हेडफोनले टाउको र अनुहारमा प्रहार गरेका थिए । मिनाटेलमाथि एटलान्टामा जहाज अवतरण हुनु ३० मिनेट अघि आक्रमण भएको हो ।

डेली मेलका अनुसार पहिचान नखुलेका यात्रुको आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । मिनाटेल क्यानाडाको ओटावास्थित ओटावा फुर्रे क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।
 
ओटावा फुटबल क्लबका प्रवक्ता जर्रामे आइभोरीले आफ्नो क्लबका फुटबल मिनाटेलमाथि उडिरहेको जहाजभित्रै एक यात्रुले अचानक उनी बसिरहेको सिटमै पुगेर हेडफोनले आक्रमण गरेको पुष्टि गरे ।

'ती यात्रु म बसेको सिटमा अचानक दौडँदै आएर आक्रमण गरे', मिनाटेलले भनेका छन्,'तर म माथि आक्रमण भएपनि जहाजमा र मलार्इ कुनै क्षति भएन ।'

फुटबलरमाथि आक्रमण भएपनि जहाज एटलान्टा पुगेरै अवतरण भएको थियो । जहाज अवतरण हुनेवित्तिकै ती व्यक्तिलार्इ प्रहरीले गिरफ्तार गरेको छ ।

फुटबलरमाथि धावा बोल्ने ती व्यक्तिलार्इ अमेरिकाको केन्द्रीय जाँच ब्यूरोले पक्राउ गरेर उनको मानसिक अवस्थाबारे जाँच शुरु गरेको जनाएको छ ।

0 comments for "उडिरहेको जहाजभित्रै फुटबल खेलाडी कुटिए"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु