You are here: Home /
विचित्र संसार / एउटै चितामा तीनवटा लास जलाइयो
पाँचथर, - स्थानीय हेवा खोलामा एउटै ठूलो चिता बनाएर लहरै तीनवटा लास राखिएको थियो । अनि आगो पनि तीनवटैमा एकै पटक लगाइयो । एकै घरका तीनजनाको दुःखद निधन भएपछि पाँचथरको पूर्वी गाविस प्राङ्बुङ र जिल्ला नै शोकमा पर्यो ।
मृतकहरुलाई अन्तिम श्रद्धान्जली दिन जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारी, प्रजिअ प्रदिपराज कंडेल, प्रनाउ दिपक पोख्रेल, सशस्त्र प्रनाउ रोशन श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ तथा उवासंघ अध्यक्ष मित्रप्रसाद काफ्ले लगायतको टोली पनि हेवा खोला पुगेको थियो ।
भारत सिक्किमको सोमबारे बजारबाट समान किनेर घर फर्कने क्रममा प्राङबुङ–६ मा आइपुग्दा तीव्र गतीमा चलेको हावाहुरीका कारण ५२ वर्षका श्रीप्रसाद खपाङ्गी, उहाँका १७ वर्षका छोरा मनोज र १९ वर्षका भतिजा अनिषको गत वैशाख ५ गते बेलुका ज्यान गएको थियो । उनीहरुको लासलाई पोष्टमार्टम पश्चात फिदिम नजिकै रहेको हेवा खोलामा अन्तिम दाहसंस्कार गरिएको हो ।
0 comments for "एउटै चितामा तीनवटा लास जलाइयो"
Leave a reply