मैले श्रीमानसंग यौनसम्पर्क गर्दा मलाई हेपाटाइटिस बि हुन्छ हुँदैंन ?

Posted by Omn-Nepal on Tuesday, April 21, 2015 | 0 comments



मेरो श्रीमान ३० वर्षको हुनुभयो । उहाँमा आकस्मिक रुपमा हेपाटाइटिस बि पोजिटिभ देखियो । अन्य जाँच सबै सामान्य नै छन् । मेरो रगत जाँच गराउँदा हेपाटाइटिस नेगेटिभ देखिएको छ । मैले श्रीमानसंग यौनसम्पर्क गर्दा मलाई हेपाटाइटिस बि हुन्छ हुँदैंन ? मैले भ्याक्सिन लगाएको छु । के मैले अब बच्चाको चाहना गर्न सक्छु ? उचित सल्लाह दिए आभारी हुने थिएँ । – सम्झना श्रेष्ठ, काभ्रे



हेपाटाईटिस बि देखिए पनि बच्चा जन्माउन मिल्छ । पहिले तपाईंले हेपाटाईटिस बिको भ्याक्सिन लगाउनुस् । भ्याक्सिनको डोज पूरा नहुँदासम्म परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग अनिवार्य रुपमा गर्नुहोस् । भ्याक्सिनको डोज पूरा भएपछि हेपाटाईटिसको परीक्षण गरेर मात्र बच्चा जन्माउने योजना बनाउनुहोला । बच्चा जन्माइसकेपछि बच्चालाई पनि हेपटाइटिस बिको भ्याक्सिन तीन डोज लगाउनुहोस् । डा. दिलिप शर्मा, बीर अस्पताल 

0 comments for "मैले श्रीमानसंग यौनसम्पर्क गर्दा मलाई हेपाटाइटिस बि हुन्छ हुँदैंन ?"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु