३० दलीय मोर्चाले किन बन्द फिर्ता लियो,
Posted by Omn-Nepal on Tuesday, April 7, 2015 | 0 comments
तीने दिने आम हडतालको पहिलो दिन एमाओवादी नेता बाबुराम भट्टराई आफ्नो फेसबुक वालमा “आम हडतालको औचित्य” साबित गर्दै लामो स्टाटस लेखे । चैत्र २४ ऐतिहासिक जनआन्दोलन दिवस रहेको, २०४६ चैत २४ मा आम हडताललेको जनउभारको सागरले निर्दलीय पंचायती व्यवस्थालाई बढारेको, २०६२ साल चैत २४ गते शुरु गरिएको आम हड्तालले १९ दिनपछि राजतन्त्र जनता सामु झुक्न बाध्य भएको भन्दै भट्टराईले आज ठीक २५ बर्ष पछि ती ऐतिहासिक आन्दोलनका उपलब्धीहरुलाई संविधानसभा मार्फत संस्थागत गर्न सत्तापक्षलाई दवाव दिन अर्को ३ दिने आम हड्तालको आयोजना गर्नुपर्ने अप्रिय तर वाध्यात्मक अवस्था सिर्जना भएको” उल्लेख गरेका थिए । भट्टराई प्रश्न गर्दै भनेका थिए– त्यसैले हिजोको आम हड्ताल ठीक तर त्यसैको निरन्तरतामा भएको आजको आम हड्ताल बेठीक भन्न मिल्छ र ?
- आन्दोलनको दिउँसो रिपोर्टस क्लबको एउटा कार्यक्रममा एमाओवादीका अर्का नेता अग्नी सापकोटाले आफूहरुले जनताका मुद्धा उठाएको र तिनीहरुको समाधान नभएसम्म, सत्तापक्ष सहमतिका लागि राजी नभएसम्म आम हडताल रोक्न नसकिने जवाफ उद्योग व्यवसायीहरुलाई दिए ।
- दिउँसो नै फोरम अध्यक्ष उपेन्द्र यादवले सहमतिको प्रतिबद्धता गरिए आन्दोलन फिर्ता लिन सकिने किसिमको अभिव्यक्ति दिए ।
- दिउँसो डा. भट्टराईको विवादित अभिव्यक्त सार्वजनिक भयो । भट्टराईले ट्विटरमार्फत बिजुलीबजारको प्रदर्शनमा प्रहरीले गोली चलाएको भन्ने खबर सार्वजनिक गरे । लगत्तै नेपाल प्रहरीले आफूहरुका तर्फबाट गोली नचलाएको स्पष्ट पा¥यो । अश्रुग्याँस प्रहार भएपनि गोली चलेको खबर झूठो भएको प्रहरीले जनाएको थियो ।
- तर साँझ आइनपुग्दै मेसेज पठाइयो– अम हडतालका कार्यक्रम फिर्ता भए । साँझभट्टराईले ऐतिहासिक जनआन्दोलन दिवस चैत्र २४ गते आयोजित आम हड्ताल कार्यक्रमलाई पूर्ण रुपले सफल पार्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिंदै चैत्र २५ र २६ गते प्रस्तावित आम हड्ताल स्थगित गर्ने निर्णय ३० दलको बैठकले गरेको छ भन्ने स्टाटस पोष्ट गरे । किन यो निर्णय गरियो भन्नेमा भट्टराई मौन देखिए ।
- आम हडतालका कार्यक्रम फिर्ता लिनुका पछाडि एमाओवादी अध्यक्ष प्रचण्डले जनताको मनोभावको कदर गर्दै आन्दोलनका कार्यक्रम परिमार्जन गरेको प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिए । उद्योगी, व्यवसायीहरुसँग पहिला नै छलफल गरिएको भएपनि आन्दोलनको स्वरुपमा परिमार्जन गर्नुपर्ने सुझाव आएको, जनतालाई अप्ठ्यारो परेको जस्ता तर्कहरु हडताल फिर्ता गर्नु पछाडि रहेको प्रचण्डले बताए ।
आम हडतालको दुई दिन अघि ३० दलीय मोर्चाले बिभिन्न क्षेत्रसँग त्रिपुरेश्वरमा कार्यक्रमको आयोजना गर्दै बन्द र हडतालको औचित्य पुष्टि गर्ने कोशीस गर्यो । सोही अनुसार, मंगलबारको बन्दको अघिल्लो साँझ देशभरी कार्यकर्ताहरुले मशाल जुलुसको प्रदर्शन गर्दा थुप्रैस्थानमा धरपकड भयो । मंगलबार बिहानैदेखि देशभरीकै जनजीवन ठप्प हुने गरी आम हडतालमा मोर्चाका कार्यकर्ताहरु सडकमा ओर्लिए । केही स्थानमा सामान्य झडप, तोडफोड र आगजनी भएपनि तुलनात्मकरुपमा आम हडतालको पहिलो दिन शान्तपूर्ण नै रह्यो । देशभरी त्यस्तो अप्रीय घटना कतै घटेन ।
मंगलबार साँझ आम हडतालको समीक्षा र भावी रणनीतिका बारेमा छलफल गर्न ३० दलीय मोर्चाको बैठक बस्यो । यसको केही समयपछि अप्रत्याशितरुपमा हडताल फिर्ता गरिएको जानकारी सार्वजनिक गरियो ।
आखिर किन भयो बन्द फिर्ताको निर्णय ?
पछिल्ला घटनाहरु हेर्दा मूलतः चारवटा कारणले विपक्षी मोर्चा आफ्नै पूर्ववत अडानबाट पछि हट्न बाध्य भएको जस्तो देखिन्छ ।
मंगलबार साँझ आम हडतालको समीक्षा र भावी रणनीतिका बारेमा छलफल गर्न ३० दलीय मोर्चाको बैठक बस्यो । यसको केही समयपछि अप्रत्याशितरुपमा हडताल फिर्ता गरिएको जानकारी सार्वजनिक गरियो ।
आखिर किन भयो बन्द फिर्ताको निर्णय ?
पछिल्ला घटनाहरु हेर्दा मूलतः चारवटा कारणले विपक्षी मोर्चा आफ्नै पूर्ववत अडानबाट पछि हट्न बाध्य भएको जस्तो देखिन्छ ।
१. मोर्चाको बैठक चलिरहँदा गृह मन्त्रालयले विज्ञप्ती जारी गरेर बन्द र हडताल गरिए कार्वाही गर्ने आशयको कडा विज्ञप्ती जारी ग¥यो । यसको अर्थ हुन्थ्यो– पहिलो दिनको प्रदर्शनमा रक्षात्मक अवस्थामा रहेको सुरक्षाबल बुधबार भने आक्रामकरुपमा प्रस्तुत हुने छ । गृह मन्त्रालयको विज्ञप्तीले हडतालमा उत्रिएकाहरुमाथि सोझै बल प्रयोग गर्न सकिने संकेत दियो । अहिलेको अवस्थामा ३० दलीय मोर्चाको आत्मगत अवस्थाले मुडभेडतर्फ जाने स्थिति नभएको देखाएपछि बाँकी दुईदिन कार्यकर्ताहरुमाथि हुने सम्भाव्य आक्रमण र त्यसले सिर्जना गर्ने परिस्थिति आफ्नो प्रतिकूल पनि हुनसक्ने निष्कर्शका आधारमा बन्द फिर्ता लिनुपर्ने दबाब देखियो ।
२. प्रचण्ड, बाबुराम भट्टराईलगायतले बन्द, हडताल, आन्दोलनको आँधीबेहरी आदि इत्यादीको जतिसुकै वकालत गरेपनि मोर्चाभित्रै पनि आन्दोलनलाई जारी राख्नुपर्छ र यसलाई सशक्त बनाउनुपर्छ भन्ने कुरामा अन्तरविरोध बढिरहेको थियो । यसमा थप आम जनतस्तरबाट बन्दको समर्थन भएन । मिडियाले स्वघोषितरुपमा बन्दलाई नकारात्मक सिम्बोलका रुपमा चित्रण ग¥यो । बन्द बेठीक हो भन्ने आम मानसिकता निर्माण गरिंदै आएकोमा बन्द के का लागि र किन भन्ने कुरामा जनता कन्भिन्स हुन नसक्दा आम जनस्तरबाट बन्दको प्रतिकार हुन सक्ने सम्भावना ३० दलीय मोर्चाले देख्यो । पहिलो दिनको बन्द शान्तिपूर्ण र सफल भएपनि बाँकी दुई दिन राज्यस्तरबाट, राज्यसंरक्षित अन्य क्षेत्रबाट र त्यसको देखासिकी जनस्तरबाट बन्दको प्रतिरोध हुनसक्ने आँकलनका आधारमा, यसो भएको खण्डमा यसले ‘आफ्ना मुद्धाहरु तिनै जनताको पक्षमा भएपनि उनीहरुको नै बिरोध खेप्नुपर्ने अवस्था आउने’ निष्कर्शका आधारमा मोर्चा पछि हटेको हुनसक्छ ।
३. माथिका सम्भावनाहरुलाई संविधानसभाको बैठक एक हप्ताका लागि स्थगित गर्ने सत्तापक्षको रणनीतिक चालले पनि सघाउ पु¥यो । संविधानसभाको बैठक ३० गतेसम्मका लागि स्थगित गरिनुको संकेत घुमाउरो पाराले सहमतिका लागि समय छ, आन्दोलन छोडेर सहमतिमा आउ भन्ने नै थियो । एकातिर आत्मगत अवस्था आन्दोलनको पक्षमा नहुनु, बस्तुगत अवस्था आन्दोलनका लागि तयार नहुनु र सहमतिका लागि केही समय संविधानसभाको बैठक स्थगित गरेर जानुपर्ने पक्षमा दबाब बढ्दै जानुले “सहमति भइ पो हाल्छ कि” भन्ने निष्कर्शमा मोर्चा पुग्न बाध्य हुने अवस्था पनि देखिन्छ ।
४. चौथो, अदृश्य, आँकलन गर्न नसकिने सम्भावना भनेको सत्ता र विपक्षीका बीच प्रत्यक्ष मुडभेडको अवस्था देखिपछि शक्तिकेन्द्रहरुले सत्तापक्ष र विपक्षीका बीच सहमतिका लागि केही पहल गरेको सम्भावनालाई पनि नकार्न मिल्दैन । खासगरी पछिल्लो समयमा अमेरिकी राजदूत, चिनिया र भारतीय कुटनीतिज्ञहरुसँग एमाओवादी अध्यक्ष प्रचण्डको भेटघाटले यसका पछाडि काम गरेको भन्न सकिन्छ । नेपालमा नेपालीहरुले आफ्ना विवाद मिलाउन नसक्ने र तेश्रो पक्षले मध्यस्ता (हस्तक्षेप?) गर्ने कुनै नौलो कुरा पनि होइन । सम्भावनाको केन्द्रमा भारतीय लबिविरुद्ध चिनियाँ फ्याक्टरले काम गरेको हो कि भन्ने पनि नदेखिएको होइन । एमाले अध्यक्ष ओली र प्रचण्डका बीच जतिसुकै चर्को आरोप प्रत्यारोप भएपनि भारतसँगको अन्तरविरोधका सवालमा भने दुबै बीच समानता नदेखिएको होइन ।
बन्द फिर्ताको प्रतिक्रिया?
– आम जनताः राम्रो गरे । हामीले दुख पाएका थियौ., फिर्ता भयो राम्रो भयो, मिलेर सहमति गर्नुप¥यो ।
– सत्ता पक्ष ः दम नै छैन । सहमतिमा आउने भए आउनु, आन्दोलन सान्दोलनले केही नाप्दैन ।
– कार्यकर्ताः नेताले उचाल्ने र थचार्ने काम गरे यो जनतामाथि धोका भयो ।
– विश्लेषकः पैचण्डले त्यत्तिकै यो निर्णय गरेनन् होला, पक्कै दाल मे कुछ काला है ।
– आम जनताः राम्रो गरे । हामीले दुख पाएका थियौ., फिर्ता भयो राम्रो भयो, मिलेर सहमति गर्नुप¥यो ।
– सत्ता पक्ष ः दम नै छैन । सहमतिमा आउने भए आउनु, आन्दोलन सान्दोलनले केही नाप्दैन ।
– कार्यकर्ताः नेताले उचाल्ने र थचार्ने काम गरे यो जनतामाथि धोका भयो ।
– विश्लेषकः पैचण्डले त्यत्तिकै यो निर्णय गरेनन् होला, पक्कै दाल मे कुछ काला है ।
के होला ?
के होला भन्न सकिन्न । तर सम्भावना सहमतिकै हो । संघीयतालाई थाती राखेर संविधान जारी गर्ने सम्भावना को हो । यसका लागि मधेसी मोर्चा तयार हुने अवस्था छैन । तर आन्देलन नै अगाडि बढाएर त्यो स्तरमा दबाब दिएर टस न मस भएका एमाले कांग्रेसलाई पनि झुकाउने अवस्था पनि छैन । खासगरी त्यो स्थितिमा जहाँ एमाले कांग्रेसभित्र असन्तष्ुट या वैकल्पिक नेतृत्व खुलेर अगाडि आएको छैन ।
के होला भन्न सकिन्न । तर सम्भावना सहमतिकै हो । संघीयतालाई थाती राखेर संविधान जारी गर्ने सम्भावना को हो । यसका लागि मधेसी मोर्चा तयार हुने अवस्था छैन । तर आन्देलन नै अगाडि बढाएर त्यो स्तरमा दबाब दिएर टस न मस भएका एमाले कांग्रेसलाई पनि झुकाउने अवस्था पनि छैन । खासगरी त्यो स्थितिमा जहाँ एमाले कांग्रेसभित्र असन्तष्ुट या वैकल्पिक नेतृत्व खुलेर अगाडि आएको छैन ।
0 comments for "३० दलीय मोर्चाले किन बन्द फिर्ता लियो,"
Leave a reply