ट्वीटरमा अब जसलाई पनि म्यासेज गर्न सकिने
Posted by Omn-Nepal on Tuesday, April 21, 2015 | 0 comments
ठमाडौ, वैशाख ९ - अब ट्वीटरमा जसलाई पनि म्यासेज गर्न सकिने भएको छ । ट्वीटरले आफूले फलो नगरेको व्यक्तिले पनि म्यासेज पठाउन मिल्ने गरी सेटिङ गर्न मिल्ने सुविधा थपेको जनाएको छ । यसअघि एक अर्कालाई फलो गरेका ट्वीटर प्रयोगकर्ताबीच मात्रै म्यासेज आदानप्रदान हुन्थ्यो ।
अब प्रयोगकर्ताले आफ्नो सेटिङ परिवर्तन गरी आफूले फलो नगरेको प्रोफाइललाई पनि म्यासेज गर्ने सुविधा दिन सक्नेछन् । स्पाम म्यासेज आए र दुव्र्यवहार भएमा त्यस्ता प्रोफाइल ब्लक गर्न मिल्ने सुविधासमेत राखिएको कम्पनीले जनाएको छ ।
सेटिङमा गएर सेक्युरिटी एण्ड प्राइभेसी अप्सनको डाइरेक्ट म्यासेजमा गएर डाइरेक्ट म्यासेज अप्सनमा प्रयोगकर्ताले जो सुकैलाई म्यासेज गर्न दिने सुविधा थप्न सक्छन् ।
अध्ययन अनुसार सन् २०१४ मा ट्वीटरका २८८ मिलियन प्रयोगकर्ताले प्रतिदिन औसत ५०० मिलियन ट्वीट गरेका थिए ।
0 comments for "ट्वीटरमा अब जसलाई पनि म्यासेज गर्न सकिने"
Leave a reply