बाटो नबन्दा हेलिकप्टरबाट सामान ढुवानी

Posted by Omn-Nepal on Thursday, April 16, 2015 | 0 comments


धादिङ- - उत्तरी धादिङका विभिन्न स्थानका निर्माण भइरहेका जलविद्युत् परियोजना सरकारले बाटो खन्न ढिलाइ गरेका कारण जलविद्युत् परियोजना निर्माणमा समस्या आएको छ ।
गाउँवासीको लगानीमा निर्माण भइरहेको चारवटा लघु जलविद्युत् परियोजनाको लागत कम्तीमा रु १० लाखका दरले बढेको आफलखोला लघुजलविद्युत् परियोजनाका अध्यक्ष प्रेमबहादुर अधिकारीले बताए
धेरै तौल भएका विद्युत्का सामग्री ट्रान्सफर्मर, जेनेरेटरलगायतका फलामका सामग्री गाडीले ढुवानी गर्न नसकिएपछि लागत बढ्ने भएको हो । सय किलोवाट आफलखोला लघुजलविद्युत् परियोजनाको सामग्री सदरमुकामबाट उत्तरी धादिङको रि गाविससम्म जम्मा चार पटक हेलिकप्टरले ढुवानी गरेको भाडा रु १० लाख लिएपछि उपभोक्तालाई समस्या परेको अधिकारीले बताए ।
सिम्रिक एयरले ठेक्कामा १० लिएर सामान ढुवानी गरेको थियो । रु चार करोड ४४ लाखको लागतमा निर्माणाधीन आफलखोला लघुजलविद्युत् परियोजनाबाट रि गाविसका वडा नं २ र ३ र गुम्दी गाविसका वडा नं १, २, ३, ४, ५ र ६ का गरी ९०९ घरका विद्युत् सेवा पुग्ने छ ।
ढुवानी भाडाका कारण उपभोक्ताले करिब रु १२ हजार लगानी गरे पुग्नेमा अब थप रु एक हजारको व्यायभार बढ्ने भएकाले उत्तरका सबै परियोजनामा यस्तै अवस्था आएको अधिकारीको भनाइ छ ।
यसअघि ७२ किलोवाट क्षमताको लिस्नेखोला लघुजलविद्युत्को सामग्री पनि हेलिकप्टरले ढुवानी गरेको थियो ।
अझै ६६ किलोवाट क्षमताको ढुन्डुरेखोला लघुजलविद्युत् र एक सय किलोवाट क्षमताको कुल्पीखोला लघुजलविद्युत्को सामग्री ढुवानी गर्न बाँकी छ । 

0 comments for "बाटो नबन्दा हेलिकप्टरबाट सामान ढुवानी"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु