'लोग्नेले लुकाएको ३० लाखमा आगो झोँसेर स्वास्नीले पकाइन् चिया
Posted by Omn-Nepal on Tuesday, March 17, 2015 | 0 comments
प्रायः
मानिसहरु आफ्नो घरमा चोरीको डरले पैसा बैंकमा राख्छन् र घरमै राख्न परेपनि
पनि लुकाइ छिपाइ राख्छन् । मानिसहरुले चोरी वा अन्य डरले विभिन्न तरिकाबाट
पैसा लुकाउने गर्छन् र त्यसरी लुकाइएको पैसा कहिलेकाहीँ मुसाले काटिदिएको,
हावाले उडाइदिएको, धमिराले धुलैधुलो बनाइदिएको भन्ने जस्ता समाचार समेत
सुन्नमा आउँछन् ।
चीनमा
एक व्यक्तिले चोरीको डरका कारण आफ्नो धन लुकाउनु निकै महंगो परेको छ । ती
व्यक्तिले जतन गरी लुकाएको पैसा उनकै श्रीमतीले आगोमा झोँसिदिइन् र सोही
पैसा जलेर बलेको आगोमा चिया पकाएर खाइन् ।
चीनको शाओशानमा बस्ने एक दम्पतीले आफ्नो गल्तीको ठूलो मूल्य चुकाउनुपरेको छ । लोग्नेले आगो नबालेको अवस्थामा चुल्होमा लुकाएको झण्डै ३० लाख रुपैयाँ बराबरको पैसामा श्रीमतीले अज्ञानताबस आगो झोँसिदिइन् । चुल्होमा आगो बाल्दा उक्त पैसा खरानी भयो ।
३५ वर्षका ती बेंग नामका पुरुषले आफ्नो निर्माण कम्पनीमा काम गर्ने मजदूरहरुलाई तलब दिनका लागि बैंकबाट एक दिन पहिले नै रकम झिकेर घर ल्याए । चोरी हुने डरले बेंगले उक्त रकम आगो आगो नबालिएको चुल्होमा लुकाए ।
आफुले चुल्होमा पैसा लुकाएको कुरा उनले आफ्नी श्रीमती हाओलाई समेत सुनाएका थिए । तर अर्को दिन बेंगकी पत्नीले चिया पकाउँदा चुल्होमा पैसा लुकाएको कुरा भुलिन् र उक्त पैसा ननिकालिकनै चुल्होमा आगो बालिन् । जब उनलाई चुल्होमा पैसा रहेको कुराको सम्झना भयो, त्यस बेलासम्म निकै ढिला भैसकेको थियो र रकम सबै जलिसकेको थियो ।
अलिकति बचेखुसेका नोटका टुक्रा लिएर बैंकमा सहटी गर्न गएपनि बैंकले नोट धेरै जलिसकेको भन्दै सटही गरेर नयाँ नोट दिन अस्विकार गरेपछि बेंग ठूलो आर्थिक भारमा परेका छन् ।

0 comments for "'लोग्नेले लुकाएको ३० लाखमा आगो झोँसेर स्वास्नीले पकाइन् चिया"
Leave a reply