गर्भवतीको पेटमा छुरा हानेर शिशु निकालियो
Posted by Omn-Nepal on Sunday, March 22, 2015 | 0 comments

एजेन्सी : अमेरिकाको कोलोराडोमा एक सात महिनाकी गर्भवती महिलाको पेटमा छुरा हानेर शिशु नै निकालेको खबर आएको छ ।
गर्भवती महिला मिचेल विलकिन्सको घरमा बच्चाको लागि कपडा खरिद गर्न पुगेकी संदिग्ध महिला डायनल क्याटरिसले उनीमाथि छुरा हानेर पेटबाट शिशु नै बाहिर निकालिदिएकी हुन् । खराब नियतले पुगेकी क्याटरिसले गर्भवती मिचेललार्इ गम्भीर घाइते हुने गरी कुटपिट समेत गरेकी थिइन् ।
कुटपिटका क्रममा क्याटरिसले मिचेलको पेटमा छुरा हानेर गर्भमा रहेको शिशु नै बाहिर निकालिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छुरा हानेर पेट चिरिएपछि बाहिर निस्किएको शिशुको निधन भइसकेको छ । घटनापछि प्रहरीले उद्दार गरेर महिलालार्इ अस्पताल लगेपछि अहिले उनको उपचार चलिरहेको छ ।

मिचेल विलकिन्सको पेटमा छूरा हान्ने डायनल क्याटरिस उनका पतिको साथमा
लगमन्ट पुलिस अधिकारीका अुनसार २६ वर्षीया गर्भवती मिचेल विलकिनलार्इ गम्भीर घाइते हुने गरी कुटपिट समेत गरिएको थियो । आफूमाथि आक्रमण भएपछि ती महिलाले प्रहरीमा इमरजेन्सी कल गरेपछि उनको ज्यान भने जोगिएको छ ।
तर, पुलिस अधिकारी घटनास्थलमा पुग्दा उनी बेहोस अवस्थामा लडेकी थिइन् । अस्पतालमा पुर्याएर डाक्टरले उपचार गरी होस खुलेपछि उनले पटक पटक आफ्नो शिशुलार्इ बचाइदिन हारगुहार गरेकी थिइन् । मिचेल पहिलो सन्तानकी आमा बन्ने तर्खरमा थिइन् ।
तर उनको होस खुल्नु अघि नै छुरा हानेर बाहिर निस्केको शिशुको ज्यान गइसकेको उनलार्इ पत्तै थिएन । अमेरिकन पुलिसले हमलामा संलग्न ३४ वर्षीया डायनल क्याटरिस लेनलार्इ गिरफ्तार गरिएको जनाएको छ । उनले प्रहरीसँग महिलाको पेट छुराले काटेर शिशुलार्इ बाहिर निकालिदिएको कुरा स्वीकार गरेकी छन् ।

लेनले प्रहरीलार्इ दिएको बयानका क्रममा आफूले मिचेललार्इ यसअघि नचिनेको बयान दिएकी थिइन् । अनुसन्धानका क्रममा क्याटरिस लेनले करिब १० वर्ष अगाडि एक दुर्घटनामा आफ्नो १९ महिनाको बच्चा गुमाएको कुरा खुलेको छ ।

पीडित महिला मिचेल विलकिन्स
0 comments for "गर्भवतीको पेटमा छुरा हानेर शिशु निकालियो"
Leave a reply