खनजोत नै नगरी गहुँखेतीबाट गतिलो आम्दानी
Posted by Omn-Nepal on Tuesday, March 17, 2015 | 0 comments

उत्पादन राम्रो, समय र श्रमको बचत
सुर्खेत : अब खेतबारीमा खनजोत नै नगरेर गहुँ उत्पादन गर्न सकिने भएको छ। हालसम्म खेतबारी खनजोत गरेर मात्र गहुँ खेती हुने गरेको थियो। सुर्खेतमा खनखोतबिना नै गहुँ खेती गर्ने प्रविधिको सफल परीक्षण गरिएको छ।
यो प्रविधिको परिक्षण सफल भएसँगै अब लामो समय लगाएर बारीमा खनजोत गर्नुपर्ने झन्झटबाट कृषक मुक्त हुनेछन् भने समयको बचत र कम परिश्रमबाट बढी लाभ लिन सकिने भएको छ। सुर्खेतको दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्रले स्रोत संरक्षण प्रविधिको अध्ययनअन्तर्गत खेतबारी खनजोत नगरी सीधै गहुँ खेती गर्न सकिने प्रविधि परीक्षण गरेको हो।आगामी वर्षदेखि यस प्रविधिबाट गहुँ खेती गर्न कृषकलाई प्रोत्साहित गरिने केन्द्रले जनाएको छ।
अनुसन्धान केन्द्रले खनजोत गरेर तथा खनजोत नगरेर दुवै प्रविधिबाट गहुँ लगाएर परीक्षण सम्पन्न गरेको छ। परीक्षण सफल भएको केन्द्रका प्रमुख डा. ताराबहादुर घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार खनजोत गरेर लगाइएको गहुँ बालीभन्दा खनजोत नगरेर लगाइएको बाली स्वस्थ र राम्रो भएको छ।
खनजोत गरेर लगाइएको गहुँ र नगरी लगाइएको गहुँ देखाउँदै केन्द्र प्रमुख घिमिरेले भने, 'हामीले गरेको यो परीक्षण सफल भएको छ। उस्तै माटोमा खनजोत गरी लगाइएको गहुँभन्दा नगरी लगाइएको बाली सप्रिएको छ।' गहुँ खेती गर्दा हालसम्म कृषकले दुईदेखि तीनपटकसम्म बारी खनजोत गरेर मात्र गहुँ खेती गर्छन्। यस्तो खेती प्रविधि कृषकलाई झन्झटिलो भएकाले पनि बिनाखनजोत उत्पादन गर्न सकिने प्रविधि परीक्षण गरिएको घिमिरे बताउँछन्।
उनले नयाँ प्रविधिले कृषकलाई राहत मिल्ने विश्वाससमेत व्यक्त गरे। 'यो प्रविधि अपनाउँदा खनजोतका लागि लाग्ने समयको बचत हुन्छ', घिमिरेले भने, 'त्यसैगरी कम परिश्रममै खेती गर्न सकिन्छ र उत्पादन पनि बढी हुन्छ।'
पहाडी क्षेत्रमा बारी खनजोत गर्दा माटोको क्षयीकरण हुने र यसले उत्पादनमा समेत समस्या निम्तिने गरेकाले पनि बिनाखनजोत खेती गर्ने प्रविधि उपयुक्त हुने केन्द्रले जनाएको छ। यो प्रविधिको हाल दशरथपुरस्थित कृषि अनुसन्धान केन्द्र तथा सालकोट र विद्यापुरका केही कृषकले परीक्षणका रूपमा उपयोग गरेका छन्। आगामी वर्षदेखि अन्य कृषकलाई पनि यस्तो प्रविधि अपनाउन प्रोत्साहित गरिने केन्द्रले जनाएको छ।
यसैबीच केन्द्रले यस वर्ष किसानका लागि उन्नत बीउविजन कार्यक्रमअन्तर्गत सुर्खेतको १२ हेक्टर जग्गामा उन्नत जातका गहुँको मूल बीउ उत्पादन गर्ने भएको छ। साना किसान कृषि सहकारी संस्था उत्तरगंगामार्फत पाँच हेक्टर, कर्मशील कृषि तथा पशु सहकारी संस्था दशरथपुरमार्फत साढे तीन हेक्टर र पारिजात कृषि सहकारी संस्था दशरथपुरमार्फत साढे तीन हेक्टर जग्गामा गहुँको मूल बीउ उत्पादनका लागि खेती गरिएको केन्द्रले जनाएको छ।
त्यस्तै कृषि तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत समृद्धि कृषि सहकारी संस्था कल्याणमा पनि तीन हेक्टर जमिनमा गहुँको मूल बीउ उत्पादन गरिएको केन्द्र प्रमुख घिमिरेले जानकारी दिए। डब्लूके-१२०४, धौलागिरि र गौरा जातका गहुँको मूल बीउ उत्पादन गर्न लागिएको उनले बताए। यी जात सिंदुरे रोग अवरोधक भएको प्रमुख घिमिरेले जानकारी दिए। यी जातको उत्पादन क्षमता प्रतिहेक्टर चार टन छ। पहाडी क्षेत्रका लागि यी जात उपयुक्त हुने उनले जनाए।
जिंकयुक्त मुसुरो उत्पादन
कृषि अनुसन्धान केन्द्र दशरथपुरले जिंक र फलामसहितको मुमुरोको परीक्षण उत्पादन गरेको छ। उक्त परीक्षण पनि सफल भएको केन्द्रले जनाएको छ। नेपालका पहाडी क्षेत्रमा कुपोषण बढी पाइएकाले यो समस्यालाई ध्यान दिँदै जिंक र फलाम प्रशस्त मात्रामा पाइने मुसुरो उत्पादन गर्न लागिएको हो।
केन्द्रले अहिले १६ जातका मुसुरोको परीक्षण उत्पादन गरिरहेको छ। एलजी-१२, आरएल-११, एचयूएल-५७, सितल, आईएलएल-३४९० लगायतका जातका मुसुरोको परीक्षण उत्पादन भइरहेको केन्द्र प्रमुख घिमिरेले जानकारी दिए। यी जातका मुसुरो उपभोग गर्दा जिंक र फलाम आपूर्ती हुने उनले बताए।

0 comments for "खनजोत नै नगरी गहुँखेतीबाट गतिलो आम्दानी"
Leave a reply