मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति

Posted by Omn-Nepal on Saturday, September 7, 2013 | 0 comments


धादिङ/आगामी मंसिर ४ गते हुन गईरहेको संविधान सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले धादिङ जिल्लाको तीन वटै क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्र्तगत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरेको छ ।

निर्वाचन आयोगको भदौ २० गतेको निर्णय अनुसार धादिङ जिल्लाको मुख्य निर्वाचन अधिकृतमा रमेशराज पोखरेललाई नियुक्ति गरिएको छ । पोखरेलले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको जिम्मेवारी समेत वहन गर्नुहुनेछ । आयोगको निर्णयअनुसार क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतमा श्रीप्रसाद सञ्जेल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा ध्रुवकुमार उप्रेतीलाई जिम्मेवारी दिईएको छ । मुख्य निर्वाचन अधिकृत पोखरेल जिल्ला अदालत धादिङको न्यायधिश हुनुहुन्छ ।

0 comments for "मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु