अपाङ्गता पुन:स्थापना केन्द्र धादिङ तदर्थ समिति गठन
Posted by Omn-Nepal on Sunday, August 18, 2013 | 0 comments
धादिङ । बिभिन्न कारणले अपाङ्गता भएकाहरुको हक हितका निम्ती काम गर्ने उद्धेस्यका साथ अपाङ्गता पुन:स्थापना केन्द्र धादिङको तदर्श समितिको गठन गरिएको छ । अपाङ्गता वाल अस्पताल तथा पुन:स्थापना केन्द्र बनेपाद्धारा संञ्चालित सि.वि.आर परियोजना धादिङको संयोजनमा सम्पन्न भएको भेलाले तदर्श समितिको गठन गरेको हो ।सदरमुकाम धादिङवेंशीमा साउन ३२ गते सम्पन्न अपाङ्गता भएकाहरुको भेलाले भेलाले अस्मिन अध्यक्ष लम्साल रहने गरि ११ सदस्यि अपाङ्गता पुन:स्थापना केन्द्र धादिङ को तदर्थ समिति गठन गरेको हो । समितिमा ४ जना सदस्य पछि मनोनित गरिने बताईएको छ् । यसैगरि भेलाले तदर्थ समितिको सल्लाहाकार समितिमा जीवन केसी, लेखनाथ आचार्य र रामप्रसाद अधिकारीलाई चयन गरेको छ । अपाङ्गता सम्बन्धी काम गर्ने विभिन्न संघ/संस्थाहरु सदरमुकाम मुखी भएको भन्दै गााउ गााउमा शाखा विस्तार तथा सबै किसिमका अपाङ्गता भएका व्यक्तीहरुलाई व्यवस्थापन तथा स्वाबलम्वन गर्ने उद्देश्यले समिति गठन गरिएको संस्थाका नव निर्वाचित अध्यक्ष अस्मिन लंसालले बताउनु भयो ।
0 comments for "अपाङ्गता पुन:स्थापना केन्द्र धादिङ तदर्थ समिति गठन"
Leave a reply