बजारको माग गर्दै कुखुरा ब्यबसायी आन्दोलित

Posted by Omn-Nepal on Monday, August 19, 2013 | 0 comments


भरत रेग्मी धादिङ /काठमाण्डौलाई समेत सरकारले बर्ड फ्लुको संकट ग्रस्त क्षेत्र घोषणा गरी कुखुरा तथा कुखुरा जन्य पदार्थ निर्यातमा रोक लगाएको विरोधमा आज धार्केमा कुखुरापालक किसानहरुले विरोध जनाएका छन् । विरोध स्वरुप किसानहरुले विना अवरोध काठमाण्डौ सम्म कुखुरा लान पाउनुपर्ने माग राख्दै धार्के बजारमा एक घण्टा पृथ्वीराजमार्ग समेत अवरोध गरेका थिए । सरकारको निर्णयको विरोधमा राष्ट्रिय कुखुरा पालक किसान संघको नेतृत्वमा धादिङको धार्के बजारमा भदौ १ गते दिउसो विरोध कार्यक्रम गरेका हुन् ।

नौविसे गाविस वडा नम्वर १ धार्के चालिसेमा भएको विरोध कार्यक्रममा राष्टिय कुखुरा पालक किसान संघका केन्द्रिय उपाध्यक्ष किस्मत अधिकारी, नेपाल पशुपंक्षी दाना वितरक संघका केन्द्रिय सदस्य शिवहरी आचार्य, नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रिय उपाध्यक्ष हेमराज कोइराला, सदस्य गोकुल रेग्मी, दाना व्यवसायी केशव रिमाल, किसान चन्द्र बहादुर तिवारी, नायारण थापा लगायतले मन्तव्य राख्नुभएको थियो । विरोध कार्यक्रमको अवसरमा व्यवसायीहरुले धादिङको कुखुरामा त्यस्तो कुनैपनि रोग देखा नपरेको र आत्तिनुपर्ने अवस्था नभएको भन्दै कुखुराको मासु र अण्ड समेत खाँदै निर्धक्क कुखुराको मासु खान आग्रह गरेका थिए । कार्यक्रममा कुखुरा पालक किसान, व्यवसायी, डिलर, दाना व्यवसायी लगायत समेत गरी ३ सय जनाको सहभागिता रहेको थियो । सरकारले भक्तपुर पछि काठमाण्डौमा पनि बर्ड फ्लु देखिएको भन्दै संकट क्षेत्र घोषणा गरेको छ । संकट ग्रस्त क्षेत्र घोषणा गरिएपछि कुखुरा तथा कुखुरा जन्य पदार्थमा रोक लगाइएपछि उत्पादन भएको कुखुरा तथा अण्डा बेच्न पाउनुपर्ने भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

0 comments for "बजारको माग गर्दै कुखुरा ब्यबसायी आन्दोलित"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु