व्यापारिक केन्द्र गजुरीमा यासुदाको शोरुम

Posted by Omn-Nepal on Monday, January 28, 2013 | 0 comments


धादिङ/ घरायसी इलेक्ट्रोनिक्स सामानको बिक्रि बितरण गर्दै आईरहेको यासुदा कम्पनीको अत्याधुनिक शोरुम सोमवार देखि धादिङको व्यापारिक केन्द्र गजुरीमा पनि सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गको गजुरीमा सञ्चालनमा ल्याईएको उक्त शोरुमको यासुदा कम्पनीका सेल्स अफिसर निखिल अग्रवालले एक कार्यक्रमका बिच उदघाटन गरेका थिए । गजुरीमा सञ्चालनमा ल्याईएको शो रुमवाट विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामानहरु टेलिभिजन, फ्रिज, एसी राइसकुकर,भ्याकुम क्लिनर, आईरन, इमरजेन्सीलाइट, वाशिङ मेसिन, टेलिफोन सेट,मोवाइल लगायतका सामानहरु उपभोक्ताले सुपथ मुल्यमा खरिद गर्न पाउने वताईएको छ । यासुदा कम्पनीले यासुदा ब्राण्डका साथै डेउ र पानासोनिक कम्पनीका इलेक्ट्रोनिक्स सामानहरु पनि बिक्रि गर्दै आईरहेको अग्रवालले वताए । यासुदाले यस अघि जिल्ला सदरमुकाम धादिङबेसीमा पनि आफ्नो कम्पनीको शोरुम सञ्चालनमा ल्याईसकेको छ ।

0 comments for "व्यापारिक केन्द्र गजुरीमा यासुदाको शोरुम"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु