धादिङको आगिन्चोकमा आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या
Posted by Omn-Nepal on Sunday, December 9, 2012 | 0 comments
धादिङ/धादिङको आगिन्चोकमा आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । ३२ वर्षीया पम्फा उपाध्यायको आइतबार बिहान तीन बजे सुतिरहेको समयमा श्रीमान ३४ बर्षीय होम नाथ उपाध्यायले घाँटी थीचेर हत्या गरेको प्रहरीले जनाएको छ । घरमा सामान्य विवाद भएकै कारण पम्फाको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख विकाश राज खनालले बताए । शवलाईपोष्टमार्टमका लागी आरुघाट बजार पठाइएको छ भने हत्या मा संलग्न भएका उपाध्यायलाईप्रहरीले नियन्त्रणमा लिई सकेको छ ।
0 comments for "धादिङको आगिन्चोकमा आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या "
Leave a reply