माओवादीले धादिङबेसी वन्द गरायो

Posted by Omn-Nepal on Wednesday, December 12, 2012 | 0 comments


धादिङ, मंसिर २७ – मंसिर १८ गते धादिङको गुम्दीमा मारिएका आफ्ना कार्यकर्तालाई सहिद घोषणाको माग गर्दै एकीकृत नेकपा माओवादीले धादिङ सदरमुकाम धादिङवेशी बन्द गराएको छ । अपरान्ह १२ वजे पछि गराइएको बन्दका कारण सदरमुकाम धादिङबेशीमा पसल र यातायात ठप्प भएका छन् । एकीकृत माओवादीले वजारमा नारा जुलस सहितको र्‍याली समेत निकालेको छ । मंसिर १८ गते पार्टी कामको सिलसिलामा रहेका बेला जिल्ला अधिवेशन आयोजक समितिका सदस्य विजय तामाङको हत्या भएको थियो । त्यसै दिन हत्या गरिएका दार्खाका वाइसिएल कार्यकर्ता भीषण सिम्खडाको पक्षमा भने एकीकृत नेकपा माओवादीले चासो देखाएको छैन ।

0 comments for "माओवादीले धादिङबेसी वन्द गरायो"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु