ग्रामीण रुटका सवारीमा मनोमानी भाडा

Posted by Omn-Nepal on Saturday, November 17, 2012 | 0 comments


धादिङ / समान्य तया एक किलो मिटर सडकमा यात्रा गर्दा कति रुपैया भाडा तिर्नु पर्ला ? धेरैको जवाफ हुन सक्छ २० रुपैयाँ भन्दा बढी लाग्दैन । यदि तपाईले पनि यहि जवाफ दिनु भएको हो भने तपाईको जवाफ  गलत सावित हुनेछ किन भने  धादिङका यातायात व्यवसायीहरुले एक किलोमिटर सडकमा मोटर चढेवापत यात्रु संग ३५ रुपैयाँका दरले भाडा असुल्दै आईरहेका छन ।

    सदरमुकाम धादिङबेसीवाट जिल्लाको उत्तरी भेग तर्फ चल्ने सवारी साधनले स्थानीयवाट असुल्ने गरेको भाडा महंगो भएको हुने गरेको हो । मार्पाक गाविसको लपाङदेखि पन्तटारसम्मको सडक दुरी  मुस्किलले एक किलोमिटर पनि छैन तर यातायात व्यवसायीहरुले ३५ रुपैयाँ भाडा लिँदै आएको सर्वसाधारणको गुनासो छ । यस रुटमा चल्ने सवारी साधनले धादिङबेसीबाट लपाङसम्मको ३ सय ५० रुपैयाँ र पन्तटारसम्मको ३ सय ८५ रुपैयाँ लिनेगरि आधिकारिक रुपमै भाडा तय गरेको जिल्लाको उत्तरी भेगमा सञ्चालन हुने सवारीको व्यवसायिक संस्था संयुक्त यातायात व्यवसायी संघले जनाएको छ ।     भाडा अत्याधिक लिएको भन्दा भाडा घटाउन माग गरि स्थानीयबासीले पटक पटक विरोध गर्दै आएपनि सर्वसाधरणको गुनासो सुन्ने निकाय नभएका कारण उपभोक्ताहरु मर्कामा पर्दै आईरहेका छन । सदरमुकामबाट तिप्लिङ सडकमा यातायात संचालन गर्नका लागि संयुक्त यातायात समिति, निजि गाडी र केही ट्रक समेत गरि ८० ओटाभन्दा बढी गाडीहरु संचालनमा रहेको वताईएको छ । 
    समितिले टिकटनै काटेर धादिङबेसीवाट ३२ किलोमिटर दुरी  रहेको किन्ताङफेदीका लागि ३ सय ५० रुपैयाँ र ३६ किलोमिटर रहेको दार्खाफेदीका लागि ३ सय ८५ रुपैयाँ भाडा निर्धारण गरि यात्रुसंग असुल्दै आएको छ । १४ जनाको सिट क्षमता भएको सो क्षेत्रमा संचालन हुने जीपमा २८ जना यात्रु राखेर जोखिमपूर्ण यात्रा गर्दै आएको स्थानीय शिक्षक केशरीप्रसाद पन्त बताउंछन ।

0 comments for "ग्रामीण रुटका सवारीमा मनोमानी भाडा"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु