धादिङको च्याङ्ग्लीमा दश जोड दुई कक्षा सञ्चालन
Posted by Omn-Nepal on Tuesday, November 13, 2012 | 0 comments
पुर्व स्थानीय विकास मन्त्री एवम नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेले बिद्यालयमा शुरु गर्न लागिएको १० जोड दुई को उदघाटन गरेका हुन । कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद काठमाण्डौंका प्रमुख जंगबहादुर अर्याल, नेपाल शिक्षक युनियनका केन्द्रिय सदस्य लक्ष्मण शर्मा नेकपा एमालेका नेता खेम लोहनी,गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालका साथै विभिन्न राजनितिक दलका प्रतिनिधी, छिमेकी बिद्यालयका प्रधानाध्यापक,संघ संस्थाका प्रतिनिधी लगायतको आतिथ्य रहेको थियो । बिद्यालयमा १० जोड दुईको उदघाटनको अवसर पारेर विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
पिडा गाविसको विकटमा रहेको वस्ति भएका कारण च्याङलीमा दश जोड पढाई शुरु भएपछि यस भेगका गरिव तथा विपन्न तामाङ, चेपाङ तथा अन्य समुदायका बिद्यार्थीहरुले गाउंमै उच्च शिक्षा अध्धयन गर्ने अवसर पाएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोदराज रुपाखेतीले वताए ।
0 comments for "धादिङको च्याङ्ग्लीमा दश जोड दुई कक्षा सञ्चालन"
Leave a reply